बाँके- बर्दियाका इँटाभट्टामा करिब १० करोडको नोक्सानी

शुक्रबार, १६ माघ २०८२, १४ : ५०

काठमाडौं - हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । यस क्षेत्रमा दुई दिनसम्म हिउँदे वर्षा भएको थियो । 

इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीका अनुसार एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको छ । बाँकेमा मात्रै करिब रु १० करोडको इँटा नोक्सानी भएको उनले बताए । 

उपाध्यक्ष अधिकारीले काँचो इँटामा क्षति पुगेपछि यसको असर उत्पादनमा पर्ने भएकाले इँटाको भाउ बढ्ने संकेत गरे । ुउत्पादन भएको इँटामा क्षति भएपछि यसको प्रभाव इटाँको बजार भाउमा पनि पर्न सक्छ,ु उनले भने । अधिकारीले काँचो इँटाको बिमा गर्न नमिल्ने भएकाले व्यवसायीले वर्षामा क्षति व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पानीले भिजेका कुनै इँटा काम नलाग्ने बताए ।

जिल्लामा रहेका करिब ७० इँटा उद्योग र बर्दियामा रहेका करिब २३ इँटा उद्योगमा तयारी अवस्थाका काँचो इँटामा वर्षाले क्षति पुर्‍याएको हो । विगतमा माघ १ पछि मात्रै इँटाभट्टा सञ्चालन हुने भएकाले अहिले इँटा पकाउन तयारी अवस्थामा रहेको समयमा पानी परेपछि क्षति भएको व्यवसायीले जनाएका छन् ।

शुक्रबार, १६ माघ २०८२, १४ : ५०

प्रतिक्रिया