नारायणी डेभलपमेन्ट बैंकको ६ लाख कित्ता अवितरित सेयर बिक्रीमा

आइतबार, १८ माघ २०८२, १० : १५

काठमाडौं- नारायणी डेभलपमेन्ट बैंकको संस्थापक समूहतर्फको अवितरित ६ लाख ३ हजार १६२ कित्ता सेयर आज माघ १८ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीमा आएको छ।

बैंकले असोज २ देखि कात्तिक ९ गतेसम्म हकप्रद निष्कासन गरी बाँडफाँट गर्दा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता सेयर बाँकी बसेको थियो। सो सेयर मंसिर १८ देखि २५ गतेसम्म लिलामीमा राख्दा पनि २ लाख ९६ हजार ६५६ कित्ता मात्रै बिक्री भई ३ लाख ६ हजार ५९७ कित्ता बाँकी रहेपछि अहिले पुनः लिलामीमा राखेको हो।

सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सेयर संख्यामा कुनै हद नलाग्ने बैंकले जानकारी दिएको छ। इच्छुक जोकोहीले आफूले किन्न चाहेको सेयर र सोको मूल्य समेत खुलाएर फागुन ४ गतेभित्र बोलपत्र पेस गर्नु पर्नेछ।

बोलपत्र फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्सालका साथै ग्लोबल आइएमई बैंकको विराटनगर, आदर्शनगर, वीरगंज, हेटौंडा, नारायणगढ, न्यूरोड (पोखरा) र बुटवल (मिलनचोक) शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउन सकिनेछ।

 
आइतबार, १८ माघ २०८२, १० : १५

प्रतिक्रिया