अपडेट

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

सोमबार, १९ माघ २०८२, १० : ४८

काठमाडौं- सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 
सोमबार, १९ माघ २०८२, १० : ४८

प्रतिक्रिया