इनड्राइभद्वारा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै छनोटको स्वतन्त्रता सुदृढ

सोमबार, १९ माघ २०८२, १२ : २७

काठमाडौं- नेपालका प्रमुख शहरी क्षेत्रमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले यात्रु सुरक्षाप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ।

प्रयोगकर्ता–केन्द्रित दृष्टिकोणअनुसार छनोटको स्वतन्त्रतालाई कायम राख्दै इनड्राइभले इन–एप सुरक्षा सुविधाहरू र निरन्तर जनचेतनामूलक पहलमार्फत सुरक्षित, विश्वसनीय र सूचित यात्राका लागि आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको जनाएको छ।

इनड्राइभका सुरक्षा उपायहरू यात्राअघि, यात्राका क्रममा र यात्रा सम्पन्न भएपछि समेत लागू हुने गरी डिजाइन गरिएका छन्, जसले प्रयोगकर्तालाई प्रत्येक चरणमा सचेत निर्णय लिन सहयोग पुर्‍याउँछ।

यात्राअघि सुरक्षा:
यात्रा सुरु गर्नु अघि प्रयोगकर्तालाई चालकको नाम, फोटो, सवारी साधनको विवरण र नम्बर प्लेटजस्ता जानकारी सावधानीपूर्वक समीक्षा गर्न प्रोत्साहित गरिन्छ। साथै, यात्राको विवरण परिवार वा विश्वसनीय व्यक्तिसँग सेयर गर्न सकिने सुविधा उपलब्ध छ, जसले तेस्रो पक्षलाई रियल–टाइममा यात्राको अवस्थाबारे जानकारी दिन मद्दत गर्छ।

यात्राका क्रममा सुरक्षा:
यात्राका क्रममा लाइभ लोकेशन ट्र्याकिङमार्फत यात्राको अवस्थाबारे निरन्तर जानकारी सेयर गर्न सकिन्छ। गोपनीयतालाई प्राथमिकता दिँदै मास्क्ड कल फिचरमार्फत यात्रु र चालकबीच व्यक्तिगत नम्बर नखुलाइकन सुरक्षित सम्पर्क सम्भव बनाइएको छ। आपतकालीन अवस्थामा इन–एप एसओएस बटन प्रयोग गरी तत्काल सहयोग लिन सकिने व्यवस्था पनि गरिएको छ।

यात्रापछि सुरक्षा:
यात्रा सम्पन्न भएपछि चालकलाई रेटिङ दिन र प्रतिक्रिया साझा गर्न सकिने रिपोर्टिङ तथा फिडब्याक प्रणालीमार्फत सेवा सुधार र उत्तरदायित्व अभिवृद्धिमा जोड दिइएको छ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, “नेपालको शहरी मोबिलिटी इकोसिस्टम तीव्र रूपमा विकसित हुँदै गएको अवस्थामा सुरक्षा र छनोटको स्वतन्त्रता एक–अर्काका पूरक तत्व हुन्। स्पष्ट जानकारी र प्रयोगमैत्री सुरक्षा उपकरणमार्फत इनड्राइभले प्रयोगकर्तालाई आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाइरहेको छ।”

यी पहलहरूमार्फत इनड्राइभले पिपुल–सेन्ट्रिक मोबिलिटी इकोसिस्टम निर्माण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ, जहाँ प्रत्येक यात्रामा सुरक्षा, पारदर्शिता, निष्पक्षता र छनोटको स्वतन्त्रता केन्द्रमा रहने जनाएको छ।

 
सोमबार, १९ माघ २०८२, १२ : २७

प्रतिक्रिया