अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

मंगलबार, २० माघ २०८२, १० : ५४

काठमाडौं- मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । दुई दिन भारी मूल्यले घटेको सुनको मूल्य आज भने बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको हो । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
मंगलबार, २० माघ २०८२, १० : ५४

प्रतिक्रिया