काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आउँदा नेपाली बजारमा पनि उच्च मूल्यको घटबढ देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ हजार ४०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया