काठमाडौं- नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सो सुनको प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया