सामसङ नेपालले ल्यायो होलीको अफर, वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा आकर्षक छुट

विहीबार, २२ माघ २०८२, १२ : १७

काठमाडौं- सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। 

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। ग्राहकहरूले ७ के.जी देखि १२ के.जी सम्मका ए–आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट–लोड, र सेमी–अटो मेटिक टप–लोड वाशिङ मेसिनहरूमा अधिकतम २३५ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

त्यसै गरी, सिंगल डोर, डबल डोर र साइड–बाई–साइड रेफ्रिजरेटरहरुमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध छ। सामसङ वाशिंग मेशिनहरुमा डीआईटी मोटरमा २० वर्षको वारेन्टी तथा ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरहरुमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिस्चित हुन्छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले चाहेअनुसारका सामसङ होम अप्लायंस् ० प्रतिशत ब्याजदरमा सजिला ईएमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। यसका लागि ग्राहकको नागरिकता मात्र भए हुने कम्पनीले जनाएको छ । 

साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन् ।

 
विहीबार, २२ माघ २०८२, १२ : १७

प्रतिक्रिया