अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

सोमबार, २६ माघ २०८२, १० : ५४

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सो सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
सोमबार, २६ माघ २०८२, १० : ५४

प्रतिक्रिया