वीरगञ्ज भन्सारद्वारा छ महिनामा १ खर्ब १६ अर्ब राजस्व संकलन, पेट्रोलियम पदार्थ र सवारी आयात प्रमुख आधार

सोमबार, २६ माघ २०८२, ११ : १२

काठमाडौं- वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारी साधनको आयातमा निर्भर भएको देखिएको छ । 

कार्यालयले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ । जसमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा रू ३७ अर्ब ८५ करोड संकलन भएको छ ।

दोस्रो धेरै राजस्व संकलन यातायातका साधन र तिनका पार्टपुर्जा आयाबाट भने रू १३ अर्ब ९८ राजस्व संकलन भएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए ।

चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रू छ अर्ब ८३ करोड, कपडा आयातबाट रू पाँच अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जाबाट रू चार अर्ब ९१ करोड राजस्व संकलन भएको छ ।

त्यस्तै मदिराजन्य पेयपदार्थको आयातबाट भने रू एक अर्ब ८३ करोड राजस्व संकलन भएको छ । शृङ्गारको सामानबाट एक अर्ब ८१ करोड राजस्व उठेको छ ।

 
सोमबार, २६ माघ २०८२, ११ : १२

प्रतिक्रिया