अपडेट

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

विहीबार, २९ माघ २०८२, १० : ४६

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
विहीबार, २९ माघ २०८२, १० : ४६

प्रतिक्रिया