वाणिज्य विभागद्वारा एक फर्मलाई २० हजार जरिवाना, पाँच वटालाई सुधारात्मक निर्देशन

शनिबार, ०२ फागुन २०८२, १२ : ५७

काठमाडौं- नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २० हजार जरिवाना गरेको छ ।

स्थलगत अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्वरी ट्रेड लिङ्क प्रालि कसलेश्वरलाई जरिवाना गरेको हो । विभागले नियमित रूपमा पछिल्ला दिनमा खानका पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय तथा पसलको अनुमगन गरिरहेको छ । 

यसैक्रममा विभागले अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।

 
शनिबार, ०२ फागुन २०८२, १२ : ५७

प्रतिक्रिया