अपडेट

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

आइतबार, ०३ फागुन २०८२, १० : ३८

काठमाडौं- आइतबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । 

यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा ४ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
आइतबार, ०३ फागुन २०८२, १० : ३८

प्रतिक्रिया