काठमाडौं- सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया