बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ९ अर्ब ३५ करोड लगानी गर्दै राष्ट्र बैंक

सोमबार, ०४ फागुन २०८२, १२ : ०८

काठमाडौं- पाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा ५ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि फागुन ७ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ७ अर्ब ४८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ४० करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ४६ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ फेब्रुअरी २४ देखि २०२७ फेब्रुअरी २४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

 
सोमबार, ०४ फागुन २०८२, १२ : ०८

प्रतिक्रिया