काठमाडौं- लक्जरी परफ्युमको क्षेत्रमा दुबईको प्रतिष्ठित कम्पनी विनी इन्टरनेशनल एफजेडईले 'एक्सपिरियन्स जोन फर यु' को उद्घाटन गरेको छ । सन् २०२६ फेब्रुअरी १६ मा दिन काठमाडौं उपत्यकास्थित लबिम मलको भुइँ तल्लामा उद्घाटन सम्पन्न भएको हो ।
यो उद्घाटनले नेपालको बहुप्रतिष्ठित परफ्युम बजारमा कम्पनीको विस्तार र एक महत्त्वपूर्ण कोशेढुङ्गालाई संकेत गरेको छ । यस समारोहमा विनी इन्टरनेशनल एफजेडईका सेल्स डाइरेक्टरअहसान खुन्दकर, कन्ट्री म्यानेजर रणधीर सिंह, नेशनल सेल्स म्यानेजरहरू शोभा लामा र विनय कुमार झाको उपस्थिति रहेको थियो ।
_vuKLWwV9UY.jpg)
उद्घाटनका क्रममा रणधीर सिंहले भने, फर यु केवल एउटा आउटलेट मात्र नभएर यो एक इमर्सिभ अनुभव केन्द्र हो, जहाँ आगन्तुकहरूले विनी इन्टरनेशनलका विभिन्न उत्कृष्ट उत्पादनहरूको संग्रहको अनुभव लिन सक्नेछन् । यहाँका प्रत्येक सुगन्धलाई हरेकको व्यक्तित्वसँग मेल खाने गरी विशेष रूपमा तयार गरिएको छ, जसले दुबईको परफ्युम कलाको परिष्कृत अनुभवलाई नेपालको मुटुसम्म ल्याएको छ ।’
अहसान खुन्दकरले थपे, हामी यस्तो अनुभव प्रदान गर्दैछौं जहाँ सुगन्ध प्रेमीहरूले आफ्नो व्यक्तिगत र प्रिमियम पहिचान झल्काउने सुगन्धहरू प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया