काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ४ लाख ८८ हजार ३०९ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा बैंककै संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको सेयर रजिस्ट्रारको कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया