काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले प्रतितोला ४ हजार ८८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया