अपडेट

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०६ फागुन २०८२, १० : ४६

काठमाडौं- बुधबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

 
बुधबार, ०६ फागुन २०८२, १० : ४६

प्रतिक्रिया