अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

विहीबार, ०७ फागुन २०८२, १० : ४१

काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
विहीबार, ०७ फागुन २०८२, १० : ४१

प्रतिक्रिया