मेची भन्सारद्वारा सात महिनामा करिब १० अर्ब राजस्व संकलन

विहीबार, ०७ फागुन २०८२, १० : ५४

काठमाडौं- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व संकलन गरेको छ । 

उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार संकलनको लक्ष्य निर्धारण भएको थियो । यद्यपि माघमा मात्रै रु एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार संकलन भएको छ । यो उक्त माघका लागि निर्धारित  लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।

चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।

 
विहीबार, ०७ फागुन २०८२, १० : ५४

प्रतिक्रिया