अपडेट

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

शुक्रबार, ०८ फागुन २०८२, ११ : १०

काठमाडौं– आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५० निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ६० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

 
 
शुक्रबार, ०८ फागुन २०८२, ११ : १०

प्रतिक्रिया