एमाले नेता गोकुल बाँस्कोटाको आशंका– चुनाव त खै के, खै के हुन्छ कि के हो ?

शुक्रबार, ०८ फागुन २०८२, १२ : ०२

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुल बाँस्कोटाले चुनावी प्रक्रियाप्रति आशंका व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बाहिर प्रचार–प्रसार तीव्र देखिए पनि भित्र ‘साटाकसुटुक’ बढ्दो रहेको संकेत गरेका हुन्। ‘चुनाव त खै के ? खै के ? हुन्छ कि के हो ? बाहिर प्रचार जोडतोड छ, भित्र साटाकसुटुक बढ्दो छ,’ उनले उल्लेख गरेका छन् । 

बास्कोटाले केही दलबाट घोषणा पत्र सार्वजनिक गरिँदै गर्दा अर्कोतर्फ बहिष्कारका संकेत दिने अभिव्यक्ति आइरहेको भन्दै दोहोरो चरित्रप्रति प्रश्न उठाएका छन्। ‘कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक दिने वक्तव्य,’ उनले लेखेका छन्।

उनले स्पष्ट धारणा सार्वजनिक गर्न सम्बद्ध पक्षलाई चुनौतीसमेत दिएका छन्। ‘जाली कुरा नगरी भन– डुंगा तार्ने आफै हो वा अरू? थप पानी नधमिल्याऊ,’ उनको भनाइ छ।

शुक्रबार, ०८ फागुन २०८२, १२ : ०२

प्रतिक्रिया