काठमाडौं- संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन ५ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
कम्पनीले म्याग्दीमा २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ भदौ ९ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।
प्रतिक्रिया