काठमाडौं- शिखर पावर डेभलपमेन्टले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।
कम्पनीले १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोष र ४४ हजार ४०० कित्ता आफ्ना कर्मचारीलाई छुट्याएर १०० रुपैयाँ अंकित दरका बाँकी १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्नेछ।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
यस आइपीओको निष्कासन बन्द छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
प्रतिक्रिया