काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो।
यससँगै आइतबार छापावाल सुन तोलामा ३ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया