अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सोमबार, ११ फागुन २०८२, १० : ४५

काठमाडौं- सोमबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
सोमबार, ११ फागुन २०८२, १० : ४५

प्रतिक्रिया