काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडले ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएपछि कम्पनीले सो सेयर बिक्रीमा राखेको हो।
संस्थापक सेयर खरीद गरी लिन इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूका लागि कम्पनीले ३५ दिनको समयावधि दिएको छ।
उक्त समयावधिभित्र संस्थापक सेयरधनीले काठमाडौंको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा सम्पर्क राखी सेयर खरीद गर्न निवेदन दिनु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त हुन नआएमा वा सबै सेयर बिक्री नभएमा बाँकी रहन गएको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।
प्रतिक्रिया