गरिमा सुवर्ण योजनाका इकाइहरु फागुन २८ गतेदेखि निष्कासन हुने

सोमबार, ११ फागुन २०८२, १३ : ३४

काठमाडौं- गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’ का इकाइहरु फागुन २८ गतेदेखि निष्कासन हुने भएको छ।

पहिलो चरणमा यस योजनाका १० करोड इकाइको बिक्री गर्न लागिएको हो। 

कुल इकाइमध्ये बीज पुँजीबापत ६० लाख इकाइ योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले यस योजनामा न्यूनतम १०० कित्ता र अधिकतममा ५० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। 

आवेदन नेपाल धितोपत्र बोर्डबाट धितोपत्रबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।

यस योजनाका इकाइ निष्कासन बन्द छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते बैंकिङ समयपछि हुनेछ।

 
सोमबार, ११ फागुन २०८२, १३ : ३४

प्रतिक्रिया