काठमाडौं- मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य तोलामा ५ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया