अपडेट

सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

बुधबार, १३ फागुन २०८२, ११ : ०८

काठमाडौं– आज स्थानीय बजारमा मंगलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७१५ निर्धारण भएको छ । 

हिजो मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

 
 
 
बुधबार, १३ फागुन २०८२, ११ : ०८

प्रतिक्रिया