काठमाडौं- रिज लाइन इनर्जीको आईपीओ बाँडफाँट भएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणलाई ११ लाख ८० हजार २६० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यस आईपीओमा २७ लाख २३ हजार ९१४ आवेदकबाट ३ करोड ४ लाख ४२ हजार ४२० कित्ता सेयर माग भएको थियो।
कुल आवेदकमध्ये २५ लाख ३७ हजार ३०१ आवेदकबाट माग भएको २ करोड ७१ लाख ३२ हजार २३० कित्ता सेयर सदर भएको थियो। जसअनुसार विभिन्न कारणले १ लाख ८६ हजार ६१३ आवेदकबाट माग भएको ३३ लाख १० हजार १९० कित्ता सेयर बदर भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमा १ लाख १८ हजार २६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये २४ लाख १९ हजार २७५ आवेदकको हात खाली भएको छ।
यस आईपीओको अन्तिम नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाईट https://www.prabhucapital.com/ipo-allotment, सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत् हेर्न सकिनेछ।
प्रतिक्रिया