काठमाडौं- बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ३ लाख १५ हजार ४०० रुपैयाँ पुगेको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया