अपडेट

मध्यपूर्वमा तनावले सुनको मूल्य दिनानुदिन आकाशिँदै, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमबार, १८ फागुन २०८२, १० : ५१

काठमाडौं– आज(सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । मध्यपूर्वको युद्धको प्रभावले पनि नेपाली बजारमा सुनको मूल्यमा उछाल आएको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार(फागुन १८) सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो ।

आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख २६ हजार १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । 

अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, चाँदी ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ९८५ मा कारोबार भएको थियो । 
 

 
 
सोमबार, १८ फागुन २०८२, १० : ५१

प्रतिक्रिया