काठमाडौं- ३ मा रास्वपाका पाण्डेको अग्रता

शुक्रबार, २२ फागुन २०८२, ०७ : ४४

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

उक्त पार्टीका उम्मेदवार  राजुनाथ पाण्डेले दुई हजार ९६०  मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन्  ।

यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेको  छ भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन्। 

शुक्रबार, २२ फागुन २०८२, ०७ : ४४

प्रतिक्रिया