सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

आइतबार, २४ फागुन २०८२, ११ : ४८

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४७५ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४४५ मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

 
आइतबार, २४ फागुन २०८२, ११ : ४८

प्रतिक्रिया