काठमाडौं- विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड सामसङले आफ्नो सबैभन्दा प्रतीक्षित फ्ल्यागशिप स्मार्टफोन ‘ग्यालेक्सी एस२६ सिरिज’ नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक ‘ग्यालेक्सी एआई’ (Galaxy AI) बाट सुसज्जित यो सिरिजले स्मार्टफोन प्रयोगको अनुभवलाई नयाँ उचाइमा पुर्याउने दाबी गरिएको छ।
सामसङ नेपालका अनुसार, यो सिरिज अन्तर्गत ग्यालेक्सी एस२६ अल्ट्रा, ग्यालेक्सी एस२६ प्लस र ग्यालेक्सी एस२६ गरी तीनवटा मोडलहरू उपलब्ध छन्। कम्पनीले आजै अर्थात् मार्च ८ देखि १८ सम्मका लागि प्रि-अर्डर खुल्ला गरेको छ।
प्रयोगकर्ताको दैनिक जीवन र बानी व्यहोरालाई बुझेर सोही अनुसार कार्यसम्पादन गर्ने क्षमता नै यसको मुख्य विशेषता हो। नयाँ पुस्ताको ग्यालेक्सी एआईले भरिएको यो उपकरणले स्मार्ट अन्तरक्रिया, उन्नत उत्पादकता र सिर्जनशीलतालाई नयाँ उचाइमा पुर्याएको छ ।
यसमा रहेको क्यामेरा क्षमता र रियल–टाइम सहयोगले दैनिक कार्यहरूलाई निकै सरल बनाउनेछ । विशेषगरी एआई आधारित ब्याट्री अप्टिमाइजेसन र उन्नत प्रोसेसिङ क्षमताले गर्दा प्रयोगकर्ताले दिनभर भरपर्दो प्रदर्शन र उत्कृष्ट मल्टिटास्किङको अनुभव लिन सक्नेछन् । जुनसुकै वातावरणमा पनि स्पष्ट फोटो र भिडियो खिच्नका लागि यसको एआई क्यामेरा प्रणालीले असाधारण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।
सामसङ एमएक्स सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले ग्यालेक्सी एस २६ सिरिजले आफ्ना प्रयोगकर्तालाई वास्तवमै बुझ्ने र नेपाली उपभोक्ताको सिर्जनशीलता एवं उत्पादकतालाई अझ उन्नत बनाउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार ग्यालेक्सी एआईले स्मार्टफोन प्रयोगको अनुभवलाई स्वभाविक र सहज बनाउँदै नयाँ मोड दिनेछ ।
नेपाली बजारमा यसको औपचारिक बिक्री सुरु हुनुअघि नै सामसङ नेपालले ह्यान्ड रेजर अफरमार्फत रुचि दर्ता गर्ने ग्राहकका लागि विशेष सुविधाहरू प्रदान गरेको थियो । अहिले यो सिरिज देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध छ । ग्राहकको सहजताका लागि हुलास फिनसर्भमार्फत इन्स्टा फाइनान्स प्रयोग गरी २४ महिनासम्मको सहज ईएमआई र आकर्षक एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ।
प्रतिक्रिया