सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

बुधबार, २७ फागुन २०८२, ११ : ३५

काठमाडौं -नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको छ । १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ४९१ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकै दिन सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो।

त्यस्तै महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९०४ रुपैयाँ कायम भएको छ।

 
बुधबार, २७ फागुन २०८२, ११ : ३५

प्रतिक्रिया