एमाले नेता थापाको निधन

विहीबार, २८ फागुन २०८२, १७ : ३९

काठमाडौँ- नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

पार्टी बैठकमा आज बोल्ने क्रममा ढल्नुभएका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उनलाई अस्पताल लगिएको केही समयपछि चिकित्सकले मृत घोषित गरेको अस्पताल स्रोतले जनाएको छ ।

थापा तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर थिए । २०७४ मा उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । ०७९ मा उनी पुनः पोखरा महानगरको मेयरमा धनराज आचार्यसँग पराजित भएका थिए ।

 
विहीबार, २८ फागुन २०८२, १७ : ३९

प्रतिक्रिया