काठमाडौं इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको विश्वास, समर्पण र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले उपस्थित सबैलाई स्वागत गर्दै ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको बताइन्, उनका अनुसार नेपालमा इनड्राइभ सेवाको सफलताको मुख्य आधार यही विश्वास र सेवा गुणस्तर हो ।
अवार्ड वितरण समारोह विशेष अतिथि प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । समारोहमा सुनिता जीमी राई, योक्ष द्वि आद्रियान्तो र अनास्तासिया तेरेन्तिएभाले संयुक्तरूपमा विभिन्न विधामा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए ।
अवार्डअन्तर्गत पाँच वर्ष र तीन वर्षदेखि निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने ‘टप परफर्मिङ ड्राइभर पार्टनर’ तथा सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई विभिन्न श्रेणीमा सम्मान गरिएको थियो । क्याब र मोटो दुवै विधामा पुरुष तथा महिला चालकहरूलाई समेट्दै कुल ८० जना ड्राइभर–पार्टनरलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको समापन सत्रमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ्ग लीड योक्षा द्वी एड्रियान्टोले दीर्घकालीन प्लेटफर्म दिगोपनाका लागि सम्मान–आधारित संलग्नताकोमहत्वपूर्ण हुने बताए।
इइनड्राइभ नेपालले यस्ता कार्यक्रममार्फत संख्यात्मक प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृष्ट सेवाजस्ता मूल्यलाई पनि प्राथमिकता दिँदै प्लेटफर्मको विकासलाई अघि बढाउँदै आएको जनाएको छ ।
प्रतिक्रिया