अपडेट

सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

सोमबार, ०२ चैत्र २०८२, ११ : ०४

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सार्वजनिक गरेको दररेट अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको हो।

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन आइतबार यही सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ हजार २६५ रुपैयाँ रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रहेको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरको आधारमा दैनिक रूपमा सुन–चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

 
 
सोमबार, ०२ चैत्र २०८२, ११ : ०४

प्रतिक्रिया