अपडेट

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०४ चैत्र २०८२, ११ : ०४

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

१० ग्राम चाँदीको मूल्य भने ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा नेपालमा पनि सुनचाँदीको भाउ घटबढ हुने गरेको छ । 

 
बुधबार, ०४ चैत्र २०८२, ११ : ०४

प्रतिक्रिया