काठमाडौं- डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर सुरक्षाको क्षेत्रमा महिलाहरूको नेतृत्वदायी भूमिका अपरिहार्य बन्दै गएको सन्दर्भमा क्यान महासंघ (CAN Federation)अन्तर्गतको software and services committee ले Centre for cyber security Research and innovation (CSRI Nepal) तथाInformation Security Response Team Nepal (npCERT) सँगको सहकार्यमा “Empowering Women for a Secure Digital Future: Building Cybersecurity Leaders” शीर्षकको विशेष कार्यक्रम काठमाडौंको सिफलस्थित Texas College of Management and IT मा भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारीले डिजिटल सुरक्षासँगै महिलाहरूको समग्र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै साइबर सुरक्षामा महिला नेतृत्व विकास गर्नु आजको प्रमुख आवश्यकता रहेको बताए । उनले पछिल्लो सामाजिक घटनाक्रमलाई सन्दर्भित गर्दै महिलाहरूका लागि डिजिटल सुरक्षा मात्र नभई आत्मरक्षा (Self-defense) तालिम पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमको प्रारम्भमा Texas College of Management and IT आईटी निर्देशक डा। सुमन थपलियाले स्वागत मन्तव्य राखेका थिए। त्यसैगरी, क्यान महासंघकी अध्यक्ष सुनयना घिमिरे पाण्डे तथा महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता वृद्धि र नेतृत्व विकासको रणनीतिक महत्त्वबारे धारणा व्यक्त गरिन्।
कार्यक्रम अन्त्यमा Software and Services Committee की संयोजक Sheela Kansakar Karkeeले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, वक्ता तथा सहभागीहरूलाई आभार व्यक्त गरिन्। त्यसैगरि कार्यक्रमको सञ्चालन समितिकी सदस्य अदिप्ति गुप्ताले गरेकी थिइन्।
कार्यक्रममा मुख्य सम्बोधन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (NTA) की उप(निर्देशक रोजा किरण बासुकलाले “साइबर सुरक्षाको अग्रपंक्तिमा महिलास् सुरक्षित डिजिटल भविष्यको निर्माण” विषयमा प्रस्तुत गर्दै नीतिगत तथा संस्थागत तहमा महिला नेतृत्वको आवश्यकतालाई औंल्याइन् ।
त्यसैगरि Insight Technology का कार्यकारी निर्देशक सुमन कुमार शर्माले साइबर सुरक्षामा करियरका सम्भावनाहरू, चुनौतीहरू तथा महिला सहभागिता बढाउने उपायहरूबारे व्यावहारिक प्रस्तुतीकरण दिए ।
Monal Tech की संस्थापक मोना न्याछ्यों श्रेष्ठले बदलिँदो साइबर जोखिम, डिजिटल सुरक्षा चुनौतीहरू तथा विविधतायुक्त नेतृत्वको आवश्यकतामाथि प्रकाश पारिन् ।
कार्यक्रमको अन्त्यमा आयोजित विशेष प्यानल छलफलमा नेपाल बैंक लिमिटेड की Card and Digital Banking Division Head बन्दना शर्मा, रोजा किरण बासुकला, सुमन कुमार शर्मा तथा मोना न्याछ्यों श्रेष्ठ सहभागी रहेको थियो । छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौतीहरू तथा साइबर सुरक्षामा महिलाहरूको भूमिका र सम्भावनाबारे गहन अन्तरक्रिया गरिएको थियो ।
यस कार्यक्रमले नेपालमा साइबर सुरक्षासम्बन्धी जनशक्ति विकास, महिला नेतृत्व प्रवर्द्धन तथा लैङ्गिक समानता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया