काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एकैदिन प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर सुनको भाउ २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य प्रतितोला २७ हजार ४ सय रुपैयाँले घटेको छ। गत आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत माघ १५ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ।
यस्तै, चाँदीको मूल्य पनि आइतबार घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ।
साताभरमा चाँदीको मूल्य प्रतितोला ७३० रुपैयाँले घटेको महासंघले जनाएको छ। गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि गत माघ १५ गते हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ प्रतितोला पुगेको थियो।
प्रतिक्रिया