काठमाडौं– चेरीको न्यू इनर्जी ब्राण्ड ओमोडा-जेकोले नेपालमा एक वर्ष पुरा गरेको अवसरमा भोली सोमबार दुई नयाँ मोडल एक बिशेष कार्यक्रमका बिच सार्वजनिक गरिने भएको छ । आधिकारीक बितरक एसपीजी अटोमोवाइल कम्पनीले दुई एसयूभी सार्वजनिक गर्ने घोषणा गरेको हो ।
एक वर्ष पुरा गरेको अवसरमा कम्पनीको विगत र भोलिको योजनाका बारेमा आफ्नो प्रस्तुति राख्दै कम्पनीका सेल्स एण्ड मार्केटिङका जनरल मेनेजर रूपेस भट्ट शर्माले भने, ‘पहिलो वर्ष उपभोक्ताले बलियो साथ दिए । अब दुई नयाँ एसयूभी लिएर आएका छौं ‘पहिलो वर्ष झै उपभोक्ताले बलियो साथ दिने विश्वास व्यक्त गरे ।’ चन्दका अनुसार नयाँ एसयूभीको मूल्य अटोमोवाइल क्षेत्रकै आकर्षक हुनेछ ।
कम्पनीले दुबै मोडल जेको ब्राण्डमा ल्याउने छ । एउटा मोडल जेको जे–५ र अर्को जेको भी–२३ हुनेछ । यी दुबै फरक डिजाइनमा उपलब्ध एसयूभी हुन् । यी दुई मोडल थप भएसँगै कम्पनीसँग ४ मोडलका विभिन्न भेरियन्ट उपलब्ध हुनेछ ।

जेको जे–५
जेकोले नेपाल ल्याउने जे–५ को धेरै फिचरहरुको जानकारी बाहिर आएको छैन । कम्पनीले यसलाई २०० किलोवाटको मोटरमा ल्याउने अनुमान गरिएको छ । साथै, रेन्ज ५०० किलोमिटर माथि हुने विभिन्न रिपोर्टहरुले दावी गरेका छन् ।
जेको जे–५ को लम्बाई ४३८०, चौडाई १८६० र उचाई १६५० एमएम छ । जुन अहिले बजारमा रहेको जे–६ भन्दा केही सानो हो । तर, बडी डिजाइनमा भने जे–६ र जे–५ मा निकै ठूलो अन्तर पाउन सकिन्छ ।
जे–५ एसयूभीमा २६२० एमएम लामो ह्वीलवेस रहने छ । बी सेग्मेन्ट एसयूभी रुपमा आउन लागेको जे–५ धेरै टेक्नोलोजी, स्टाइल र व्यावहारिकतालाई सोचेर तयार परेको कम्पनीको दावी छ ।
यसको फ्रन्ट ग्रीलमा दिएको वाटरफल जस्तो देखिन भर्टिकल स्ल्याट र मोर्डन डिजाइनको रेक्ट्रयाङ्गुलर एलइडी हेडलाइटको कम्बिनेशन एसयूभीलाई मोर्डन बनाउन प्रयाप्त छ । यसको पछाडि दिएको स्लीक लेटलाइट हाउजीङले ट्रेन्डी कनेक्टेडभन्दा फरक देखाएको छ ।
जेकोले जे–५ एसयूभीको ड्यासबोर्डमा १३.२ इन्चको भर्टिकल इन्फोटेन्मेन्ट स्कृन दिनेछ । टु स्पोक स्टेरिङ ह्वील र त्यसको पछाडि दिएको इन्ट्रुमेन्ट क्लस्टर स्टाइल र सूचना दिन सहज देखिएको छ ।
यसको क्याविन डिउल टोनको लेदर फिनिसिङमा उपलब्ध हुन्छ । पानारोमिक सनरुफ, पावर टेलगेट, फुल साइज स्पेयर ह्वील, ४८० लिटरको बुटस्पेशमा उपलब्ध हुनेछ ।

जेको भी–२३
चीनमा बिक्री भइरहेको आई कार भी–२३ मोडल सहरी क्षेत्र र अफरोडको लागि उपयोगी मानिन्छ । रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध एसयूभी नेपालमा जेको भी–२३ नामबाट आउने छ । तर, कुन ड्राइभिङ सिस्टममा नेपाल आउँछ अहिल्यै एकिन छैन ।
जेको भी–२३ मोडलमा ५९.९३ र ८१.७६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । सानो ब्याट्री एलएफपी हो भने, ठूलो ब्याट्री टर्नरी लिथियम हो । यी ब्याट्रीको रेन्ज क्रमशः ४०१ र ५०१ किलोमिटर रहेको सीएलटीसीले प्रमाणित गरेको छ ।
यो अफरोड मेसिनलाई पावर दिन पछाडि १०० किलोवाट र अगाडि ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । रियर ह्वील ड्राइभमा १०० किलोवाटको मोटर रहने छ । अलह्वील ड्राइभको संयुक्त पावर १५५ किलोवाट हो ।
भी–२३ को ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यसमा पाउन सकिन्छ । गाडीको साइज पनि ठिक्कको छ । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा भेरियन्ट अनुसार २०० र २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको डिपार्चर एङ्गल ४० र अप्रोच एङ्गल ४२ डिग्री रहने छ ।
एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे–३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।
जेको भी–२३ मा स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।
प्रतिक्रिया