अपडेट

पश्चिम एसियामा जारी युद्धले ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०९ चैत्र २०८२, ११ : ००

काठमाडौं– पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३६ हजार १९५ रुपैयाँ कायम भएको छ । 

यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ८२ हजार र प्रति १० ग्राम २ लाख ४१ हजार ७७० रुपैयाँ थियो । 

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यसैबिच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

 
 
सोमबार, ०९ चैत्र २०८२, ११ : ००

प्रतिक्रिया