काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गर्दै केन्द्रयि समितिलाई पूर्णता दिएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकले नाडाको विधान २०७१ (संशोधनसहित) को दफा २०.७ बमोजिम पदाधिकारी चयन गरी कार्यसमिति गठन प्रक्रिया पूरा गरेको हो। यसअघि २०८२ पुस २५ गते काठमाडौँमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा उप्रेती निर्वाचित भएका थिए।
नयाँ कार्यसमितिमा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्षमा करणकुमार चौधरी, संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई चयन भएका छन्।
त्यस्तै उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति, महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सहकोषाध्यक्षमा निलमणी पाठक चयन भएका छन्।
प्रदेश सदस्यहरूमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन्।
त्यस्तै, साधारण सदस्यतर्फ अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह चयन भएका छन्।
अध्यक्ष उप्रेतीले दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी लाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
यसैबीच अध्यक्ष सुरेन्द्रकुमार उप्रेती ले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमसमेत आयोजना गरेका थिए। कार्यक्रममा संस्थाको भावी योजना, अटोमोबाइल क्षेत्रका चुनौती तथा सम्भावनाबारे छलफल गरिएको जनाइएको छ।
प्रतिक्रिया