काठमाडौँ- भाटभटेनी सुपरमार्केट तथा होमा विच जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री वितरणका लागि सहकार्यको थालनी भएको छ ।
अबदेखी जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमा द्वारा नेपाली बजारमा आयात तथा विक्री वितरण गरिने सम्पूर्ण उत्पादनहरु भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने भएका हुन् । होक्काईदो विजनेस ग्रुप नेपाल अन्तर्गतको होमाले सन् २०२३ देखी आधिकारीक रुपमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्हरु नेपाली बजारमा भित्र्याएको हो ।
भाटभटेनी सुपरमार्केटका कलंकी, पाटन, सातदोबाटो, भक्तपुर, महाराजगंज, कोटेश्वर तथा टोखा गरी सात स्थानबाट विशेष अफरहरु सहित जापानी उत्पादनको गुणस्तर र यसले आम जनताको स्किन हेल्थमा पार्ने सकारात्मक प्रभाव सम्बन्धि जनचेतनामुलक सन्देश प्रवाह गर्दे आधिकारीक विक्री वितरणको शुरुवात गरिएको हो ।
चैत्र १० गतेबाट शुरु गरिएका विभिन्न सचेतनात्मक कार्यक्रमहरुमा सहभागि हुने होमा तथा भाटभटेनीका ग्राहकहरुले होमा बाट विभिन्न अफरहरु, छुट, क्यास कुपन तथा फ्रि गिफ्टस प्राप्त गर्नसक्नुहुनेछ । यसका लागि भाटभटेनीमा रहेका होमा सेन्टर तथा भाटभटेनीका कस्टमर सर्भिस डेक्समा ग्राहकहरुले सम्पर्क राख्नु पर्नेछ ।

चैत्र १० गते देखी २० दिनका लागि संचालन हुने यस कार्यक्रममा सहभागी हुने मध्ये १४ जना भाग्यशाली ग्राहक हरेकले रु ५ हजार बराबरका होमाका उत्पादन जित्न सक्नुहुनेछ भने सहभागि हरेक ग्राहकले होमामा प्रयोग गर्न सकिने २० प्रतिशत छुटको गिफ्ट भौचर समेत प्राप्त गर्नुहुनेछ । साथमा होमाले आयात गर्ने एससेलेक्ट, टि थ्रि र जेटोक्क किड्स ब्राण्डका उत्पादनहरु उपहार स्वरुप प्राप्त गर्नुहुनेछ । यस अवधीमा भाटभटेनी सुपरमार्केट गएर होमाका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुले हरेक ३ हजारको खरिदमा एक हजार रुपैंया बराबरको गिफ्ट भौचर प्राप्त गर्नेछन्, जसको प्रयोग डेकाईडो बुढानिलकण्ठमा डाईनिङ् गर्दा होस् वा होमाका कुनै पनि सामाग्री खरिद गर्दा होस् प्रयोग गर्न सक्नेछन् ।
“नेपाली ग्राहकलाई जापानी उत्पादनको गुणस्तरीयताको अनुभूती दिलाउनु होमाको पहिलो लक्ष्य हो ।” कम्पनीका अध्यक्ष अर्जुन अधिकारीले भने , “लामो समय जापान बसेर त्यहाँका उत्पादनको गुणस्तरीयताको मापदण्ड, त्यसले जापानीजहरुको स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव बुझेपछी मलाई नेपालमा त्यस्ता प्रिमियम उत्पादन ल्याउन रहर लाग्यो । अनि यो संभव भएको हो ।” उनले भने , “होमा नेपाली बजारमा जापानी उत्पादनको आयातकर्ता बन्ने मात्र होईन भविष्यमा जापानी ब्राण्डका लागि नेपाली उत्पादक समेत बनेर निर्यातको लक्ष्य राखेको छ । हामीले नेपालमा हज्जारौं रोजगारी सृजनाको खाका कोरेका छौं । जसको यो शुरुवात हो ।” विस दिन सम्म चल्ने यो सचेतनामुलक कार्यक्रमले जापानी हेल्थ एण्ड ब्युटी केयर प्रोडक्ट प्रति नेपाली उपभोक्ताको थप चासो विकास हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया