काठमाडौं- निरन्तर ओरालो लागेको सुन आज बुधबार भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १४ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैंयामा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ४१५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया