ताजा समाचार

डेल्टा अटो कर्पले ल्यायो “नयाँ युगको नयाँ राइड”

शुक्रबार, १३ चैत्र २०८२, ११ : १३

काठमाडौं– नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा – एप्रिलिया स्क७३घढसटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.ले नयाँ वर्ष विशेष अफर “नयाँ युगको नयाँ राइड” घोषणा गरेका छन् । 

यो अफर चैत १३ देखि देशभरका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ र ग्राहकहरूलाई नयाँ वर्षको सुरुवात उत्साहजनक अफर र विशेष सुविधा सहित प्रदान गर्ने उद्देश्य राख्दछ ।

यस अफरअन्तर्गत, ग्राहकहरूले नगदमा खरिद रु. ८,३०० रुपैयाँको नगद छुट पाउनेछन्, साथै एक्सचेञ्जमा रु. १०,००० रुपैयाँको अतिरिक्त एक्सचेञ्ज बोनस पनि उपलब्ध हुनेछ । यसमा बजारकै सबैभन्दा कम ४.९९% ब्याजदरमा किस्ता सुविधा ( ईएमआई) पनि रहेको छ, जसले ग्राहकहरूलाई आफ्नो मनपर्ने भेस्पा वा अप्रिलिया स्कुटरको सहज खरिद उपलब्द गराउँछ ।

नयाँ बर्षको माहोल अझ रोचक बनाउन, अफर अवधिमा खरिद गर्ने हरेक ग्राहकलाई ब्राण्डेड फ्री एक्सेसरीज, जस्तै हेल्मेट र स्कुटर कभर, उपलब्ध गराइनेछ । त्यसैगरी, अभियानमा साप्ताहिक लक्की ड्र समेत समावेश गरिएको छ, जसअन्तर्गत भाग लिने ग्राहकहरूले रूपाकोट रिसोर्टमा विशेष लक्जरी गेटवे जित्ने मौका पाउनेछन्, जसले हरेक खरिदलाई अझ रोमान्चक र लाभदायी बनाउँछ ।

अफरबारे कुरा गर्दै, डेल्टा अटोकर्पका मुख्य कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतो ले भने, “नयाँ वर्ष नयाँ यात्रा र अवसरहरू अंगाल्ने समय हो । ‘नयाँ युगको नयाँ राइड’ मार्फत हामी केवल प्रिमियम स्कुटर मात्र प्रदान गरिरहेका छैनौं; हामी हाम्रा ग्राहकहरूलाई प्रिमियम अनुभवसँगै गर्वको अनुभुति दिलाउँदै, र आत्मविश्वासका साथ नयाँ वर्षको सुरुवात गर्ने अवसर प्रदान गर्न चाहन्छौं ।”

 
शुक्रबार, १३ चैत्र २०८२, ११ : १३

प्रतिक्रिया